close

करेन्ट लागेर मजदुरको मृत्यु भएपछि मेहेलकुना बजार तनावग्रस्त

करेन्ट लागेर मजदुरको मृत्यु भएपछि मेहेलकुना बजार तनावग्रस्त

Trulli
ADVERTISEMENT

सुर्खेत । गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पताल भवन निर्माणमा खटिएका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । काम गर्नेक्रममा शनिबार गुर्भाकोट नगरपालिका ६ का १७ वर्षीय विजय विकको मृत्यु भएको हो । 

विजयको मृत्यु भएसँगै मेहेलकुना बजार तनावग्रस्त बनेको छ ।  आफन्त तथा स्थानीयहरूले मेहलकुना बजारमा विरोध पदर्शन गरिरहेका छन् । सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएर स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका जनाएको छ । उनीहरूले उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन् । 

प्रहरीका अनुसार अहिले स्थानीय सरकार प्रमुख प्रमुख, अस्पताल प्रशासन र आफन्तहरूबीच छलफल भइरहेको छ ।