close

बेवारिसे अवस्थामा १० बन्दुक फेला

बेवारिसे अवस्थामा १० बन्दुक फेला

Trulli
ADVERTISEMENT

रुकुम । रुकुमको सिस्नेमा बेवारिसे खवस्थामा १० थान बन्दुक फेला परेको छ । सिस्ने गाउँपालिकामा १० को फरक–फरक ठाउँ र समयमा बेवारिसे १० नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। 

३ सावुत चल्न सक्ने र ७ बेसाबुत चल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनका अनुसार गत जेठ २८ मा सिस्ने गाउँपालिका–६ खोपिचारमा २ नाल र जेठ ३१ मा सोही ठाउँबाट अरु थप २ बन्दुक फेला परेका थिए।

असार ६ मा सोही ठाउँमा थप ३ नाल बन्दुक फेला परेका थिए । असार ११ मा ५ नम्बर वडाबाट ३ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।