close

बलात्कार आरोपमा सहिदभूमि-५ का वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा सहिदभूमि-५ का वडाध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

धनकुटा । बलात्कार आरोपमा सहिदभूमि गाउँपालिका-५ का वडाअध्यक्ष ३८ वर्षीय सन्तोष राई पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले पालिका खबरसँग भने,'युवतीलाई तेह्रथुमको बसन्तपुरस्थित एक होटलमा पुर्याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको आरोपमा पक्राउ गरिएको हो । '

पीडित पक्षले आरोपितविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धानका लागि तेह्रथुम प्रहरीलाई जिम्म दिइएको प्रहरीले जनाएको छ । 

आरोपित राई नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।