close

घोराहीमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी

घोराहीमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी

Trulli
ADVERTISEMENT

दाङ । घोराही उपमहानगर-११ मा जङ्गली च्याउ खाँदा ६ जना बिरामी परेका छन् ।

स्थानीय जङ्गलबाट खोजेर ल्याएइको च्याउँ खाँदा उनीहरू बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी छन् । त्यस्तै विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ ।

बिरामीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।