close

धुलाचौरमा औद्योगिकग्रामको निर्माण सुरुवात

धुलाचौरमा औद्योगिकग्रामको निर्माण सुरुवात

Trulli
ADVERTISEMENT

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको धुलाचौरमा औद्योगिकग्रामको निर्माण कार्य सुरु गरिएको छ।

हिमालीको औद्योगिकग्रामको निर्माण कार्य तीव्र रुपमा अगाडि बढाइएको छ। पालिका भित्रको यो निर्माणकार्य निकट भविस्यवाणी रहेको पाइन्छ। औद्योगिकमा उत्पादित फलफूल, अन्य कृषि जन्य उत्पादित बस्तु, पशुजन्य बस्तु, जडिबुटी, काठजन्य बस्तु, केतुके, अल्लो, लोक्ता लगाएको अन्य बन पैदावारसँग सम्बन्धित उधोगहरु सन्चालनमा ल्याउन विशेष गरी औद्योगिक निर्माणकार्य सन्चालन गरिएको छ।

पालिका भित्रमा रहेका हजारौं नागरिकहरुमा बेरोजगार हटाउनको लागि रोजगारी बनाउन जोडने कार्यका निम्ति  आवश्यकता  बजेट व्यवस्थापन गरिएको छ। गाउँ गाउँमा स्थानीय स्थरको उत्पादन हुने बस्तु लाई  प्रयोगमा ल्याउनको लागि गरिएको छ। स्थानीय सर्वसाधारण मान्छेलाई बस्तीमा पाइने जडिबुटी तथा काठजन्य बस्तु उत्पादन गर्नेको लागि औद्योगिक स्थापनाको लागी निर्माणकार्य सुरु गरिएको छ।

पालिकाका सबै युवा बेरोजगारको समस्या लाई ध्यानाकर्षण गर्दै रोजगार मुलक तरिकाबाट काम हुनको लागि कार्य सन्चालन गरिएको छ। अबको केही समयको अन्तरमा हिमालीमा बेरोजगार भएर बस्नु पर्ने बाध्यता लाई नेपालमै स्वरोजगार मुलक काम गर्नेको लागि यो औद्योगिक निर्माणकार्यमा ल्याएको छ।

बस्ती स्थरमा पाइने फलफूल, अन्य कृषि जन्य उत्पादित बस्तु, पशुजन्य बस्तु, जडिबुटी, काठजन्य बस्तु, केतुके, अल्लो, लोक्ता जस्ता उत्पादन कार्यलाई प्रयोगमा ल्याउन 
धुलाचौर केन्द्रमा औद्योगिक उत्पादन क्षेत्रको रुपमा स्थापना को लागि निर्माणकार्य गरिएको छ। नागरिक हरुलाइ रोजगार बनाउन जोडने कार्यका निम्ति  आवश्यकता  बजेट व्यवस्थापन गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए ।