बाजुरा । गत बैसाख ३० गते स्थगित बुढीगंगा नगरपालिकाको निर्वाचन आज सम्पन्न भएको छ ।
आज बिहान ७ बजे बाट सुरु भएको मतदान साँझ ५ बजे सम्मपन्न भएको सहायक जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले पालिका खबरलाई जानकारी दिए ।
जिल्ला अधिकृतको कार्यालय बुढीगंगाका अनुसार निर्वाचनमा ६६.७५ प्रतिशत मत खेको छ। १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
बुढीगंगा–९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि ३० मिनेट जति मतदान रोकिएको थियो भने अन्यमा शान्तिपुर्वक मतदान सम्पन्न भएको थियो ।
नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसबाट रंगबहादुर खाति र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् ।