close

मेलम्चीमा मनसुन पूर्वतयारी छलफल सम्पन्न

मेलम्चीमा मनसुन पूर्वतयारी छलफल सम्पन्न

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । मेलम्चीमा मनसुन पूर्वतयारी छलफल सम्पन्न भएको छ । 

नगरपालिकाका जनप्रतिनिधिहरू, छिमेकी पालिकाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, जल तथा मौसम विज्ञ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि  र संघिय मन्त्रालयका प्रतिनिधिको सहभागितामा कार्यक्रम सम्पन्न भएको नगरपालिकाका मेयर आइतमान तामाङले जानकारी दिए । 

बाढी तथा पहिराेकाे अवस्था , स्थानीय स्तरमा मनसुनसम्बन्धी सवालहरू, जल तथा मौसम विज्ञान विभागद्वारा मेलम्ची र इन्द्रावती आसपासका क्षेत्रहरूमा मनसुनको सम्भावित जोखिम तथा क्षति न्यूनीकरणका उपायहरू बारे छलफल भएको छ । 

त्यस्तै, वर्तमान आपतकालीन पूर्व तयारी योजनाहरूको चार्ट र पूर्वसुचना प्रणाली र सञ्चार ट्री संयन्त्र कार्यान्वयन गर्न मद्दत गर्नुका साथै यसले प्रकोप पूर्वतयारी र जोखिम न्यूनीकरणमा सुधारको लागि समयमै प्रारम्भिक चेतावनी सूचनाको प्रभावकारी प्रसारको काम गर्ने बताइएको छ । 

युएसएडको आर्थिक सहयोग र युकार तथाम क्षेत्रीय एकिकृत बहुप्रकोप पूर्वसुचना प्रणालीको प्राविधिक सहयोगमा सम्पन्न भएको छ । गत वर्ष २०७८ असार २ गते आएको बाढीका कारण सयौं घर डूबानमा परेका थिए भने अर्बौको क्षति भएको थियो ।