close

खैरहनी नगरपालिकाद्वारा निस्सा वितरण सुरु

खैरहनी नगरपालिकाद्वारा निस्सा वितरण सुरु

Trulli
ADVERTISEMENT

चितवन । खैरहनी नगरपालिका चितवनले मंगलबारदेखि भूमिहीनलाई निस्सा वितरण सुरु गरेको छ । 

नापी भएर लालपूर्जा नभएको र भूमिहीन सुकुम्बासी गरी करिब ९०० जनालाई नगरपालिकाले निस्सा वितरण थालेको नगरपालिका प्रमुख शशीकुमार खनियाँले पालिका खबरलाई बताए । उनका अनुसार भूमिहीनलाई रातो र लालपूर्जा नभएकालाई सेतोमा गवर्गीकरण गरेर निस्सा वितरण थालिएको हो 

राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा सहकार्यमा नगरपालिकाले निस्सा वितरण सुरुआत गरेको हो । अध्यक्ष खानियाँका अनुसार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका आधारमा निस्सा वितरण सुरु गरिएको हो । 

पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि हालसम्म खैरहनीकाका भूमिहीनले लालपुर्जा पाउन सकेका थिएनन् । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपूर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत नगरपालिकाले निस्सा वितरण सुरु गरेको हो । 

राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । 

निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरूले लालपूर्जा पाउने पक्का भएको अध्यक्ष खनियाँ बताउछन् । खै