काठमाडौं । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोमा एक युवतीको शव फेला परेको छ ।
मोरङ प्रहरी कार्यालय प्रहरी कार्यालयका अनुसार सोमबार बिहान अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको हो । युवतीको शव फेला परेपछि स्थानीयले खबर गरेको प्रहरीको भनाइ छ ।
मृतकको पहिचान हुन नसकेको, तर पोस्टमार्टमका लागि रङ्गेली अस्पताल प्रहरीले जानकारी दिएको छ ।
रतुवमाई नगरपालिकाका प्रमुख श्री नागेश्वरप्रसाद सिंहले बेवारिसे अवस्थामा शव भेटिएको बताए । शव पोस्टमार्टमका लागि लगिएको बताउँदै रिपोर्ट आउन बाँकी रहेको नगरप्रमुख सिंहले जानकारी दिए ।