close

लुम्बिनी प्रदेशमा धार्मिक पर्यटन सम्भावना  धेरै : मन्त्री चौधरी

लुम्बिनी प्रदेशमा धार्मिक पर्यटन सम्भावना  धेरै : मन्त्री चौधरी

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले  लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना  धेरै रहेको बताएका छन् । 

उनले  लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी,  रुरु क्षेत्र, स्वर्गदारीजस्ता  महत्त्वपूर्ण धार्मिक क्षेत्रमा थप आन्तरिक र बाह्य पर्यटक भित्र्याउन लागि सरकारले काम गर्ने  भन्दै  पर्यटनलाई हरेक क्षेत्र सँग जोडेर अगाडि  जान लागेको बताए । 

सांस्कृतिक, प्राकृतिक र धार्मिक पर्यटनको क्षेत्रलाई जोडेर पर्यटनमा देश र प्रदेशलाई पर्यटनमा अब्बल बनाउन सञ्चार कर्मीको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिए।
नेपाल पर्यटन पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा आयोजित आन्तरिक पर्यटन प्रवर्द्धनको लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले लुम्बिनी प्रदेशलाई पर्यटनको हबको रूपमा स्थापित गर्नको लागि सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए।

उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने बताउँदै स्थानीय क्षेत्रमा उत्पादित मदिरालाई ब्राण्डिङ गर्ने योजना बनाएको बताए। उनले पर्यटन प्रवर्द्धनका लागि मिडियाले खेल्ने भूमिका महत्त्वपूर्ण रहने बताए। 

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले  प्रदेशमा भएका  पर्यटकीय क्षेत्रहरूको विस्तार सँगै थप व्यावसायिकीकरण गर्नको लागि  प्रदेश सरकारले  काम गर्नुपर्ने बताए । उनले पर्यटनलाई कृषि देखि अन्य क्षेत्रसँग जोडेर काम  गर्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले आन्तरिक पर्यटन प्रवर्द्धनमा  गर्दा   प्रदेशको आर्थिक विकास महत्त्वपूर्ण योगदान दिन सक्ने  भएकोले  पर्यटनमा पूर्वधार, प्रचार र व्यापार सँगसँगै लैजानु पर्ने बताए ।