close

केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत फेला

केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित केएमसी होस्टल सोही स्कूलकी एक कर्मचारी मृत अवस्थामा फेला परेकी छन्।

काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेको  काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकराी दिए। छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए।

स्कूलमा मृत फेला परेकी उनका आफन्तले हत्याको आशंका गरी शव उठाउन मानेका छैनन्।रमा केएमसी स्कुलमा ५ वर्षदेखि कार्यरत् थिइन्।

हरेक दिन बिहान ७ बजे स्कूल गएर साँझ ७ बजे फर्किने गरेकी उनी शनिबार साँझ साढे ७ बजेसम्म पनि कोठामा नआएपछि परिवारले खोजी गरेका थिए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।