close

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । 

गत वैशाख १८ को मन्त्रिपरिषद् बैठकले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले उनलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । गत जेठ ३०, असार ५ र असार १३ गते आईजीपी विवादबारे सुनुवाइ भएको थियो । आज