close

त्रिशुलीले बगाउँदा आमा छोरा बेपत्ता

त्रिशुलीले बगाउँदा आमा छोरा बेपत्ता

Trulli
ADVERTISEMENT

नुवाकाेट । त्रिशुली नदीले बगाउँदा आमा छाेरा बेपत्ता भएका छन् । आज ७ वर्षीय युनिक श्रेष्ठ र आमा सन्जितालाई  खाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ । प्रहरीका अनुसार बिदुर नगरपालिका-३ ढोडेनीका युनिक खोलाले बगाएपछि खोज्न गएकी आमालाई पनि नदीले बेपत्ता बनाएको हो । 

युनिकलाई नदी किनारमा खेल्ने क्रममा त्रिशुली नदीले बगाएकाे थियाे । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपद् ब्यवस्थापन वेस क्याम्प नुवाकोटको टोलीको सहयोगमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।