close

सुटकेसको ह्याण्डिल नै सुनको, बैंङ्ककबाट आएका यात्रु पक्राउ

सुटकेसको ह्याण्डिल नै सुनको, बैंङ्ककबाट आएका यात्रु पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । बैङ्ककबाट काठमाडौं आएका एक यात्रुले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन भेटिएको छ । 

शुक्रबार बेलुका नेपाल एयरलाइन्समार्फत बैङ्ककबाट काठमाडौं आएका रोकेश तुलाधरले बोकेको सुटकेसबाट २६७.४ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साइडको भित्र पट्टी शंकास्पद धातु रहेको पाएपश्चात उनको रोहवरमा उक्त सुटकेश च्यातेर ह्याडिल जोडिने भित्री भागमा भएको सुन निकालिएको थियो ।

अन्य कुनै सामान नराखिएको खाली (नयाँ) सुटकेशको ह्याण्डिल साइडको भित्रपट्टि करिब ५ इन्च लम्बाइ र १ इन्च चौडाइको सुनको बारलाई कार्वन पेपरले र्‍यापिङ् गरी अड्काएर लुकाएर ल्याएको अवस्थामा उक्त सुन बरामद भएको हो । 

शुक्रबार राति नै उनलाई नेपाल प्रहरीको हिरासतमा राखेर भन्सार कार्यालयले अनुसन्धान थालेको जनाएको छ ।

सुनको अवैध आयातमा रोकेश तुलाधर एक्लै संलग्न थिए वा अरु व्यक्तिको पनि संलग्नता थियो भन्ने विषय भने थप अनुसन्धानबाट खुल्ने उनले बताए ।