close

स्वर्गीय पतिको  नाममा बहुमुखी क्याम्पसको भवन निर्माण ​​​​​​

स्वर्गीय पतिको  नाममा बहुमुखी क्याम्पसको भवन निर्माण ​​​​​​

Trulli
तस्वीर : प्रतीकात्मक
ADVERTISEMENT

काठमाडौं ।  वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्माण गरेकी छन् । 

उनले क्याम्पसलाई सहयोग स्वरुप ‘भीम कमला शैक्षिक भवन’ निर्माण गरेकी हुन् । 

एक वर्षको समय लगाएर निर्माण सम्पन्न उक्त भवन आज एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।

मल्लले २५ लाख एक हजारको भीमकमला मल्ल छात्रवृति अक्षय कोष स्थापना गरेकी छन् । क्याम्पसका प्रमुख माधवप्रसाद खनालले शैक्षिक भवन निर्माणका लागि ७८ लाख २८ हजार ८८२ लागत लागेको बताए । 

क्याम्पसका लागि मल्लले एक करोड तीन लाख २९ हजार ८८२ दान स्वरुप प्रदान गरेकी थिइन् । खनालका अनुसार भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएको थियो । आज एक कार्यक्रमका बीच राज्यमन्त्री यादवद्वारा भवनकोे उद्घाटन एवं हस्तान्तरण गरिएको छ ।

दानस्वरुप भवन निर्माण गरेको भन्दै धन्यवाद दिए । शिक्षा क्याम्पसका प्रमुख माधवप्रसाद खनालले क्याम्पसले थुप्रै आर्थिक सङ्कटका आरोहअवरोह भोग्दै आएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक रहेको औँल्याए ।