close

काठमाडौैं उपत्यकामा हैजाका बिरामीको संख्या १४ पुग्यो

काठमाडौैं उपत्यकामा हैजाका बिरामीको संख्या १४ पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं ।  काठमाडौं उपत्यकामा हैजाका विरामीको संख्या १४ जना पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आरडिटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाई जिवाणु भेटिएको छ । हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।