काठमाडौं । अनलाइन जुवा खेल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अनलाइन जुवाखेलिरहेको अवस्थामा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदीप पाठकको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
अनलाइन जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका१ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र१ लाख ४५ हजार ७५ नगदसहित पक्राउ गरेको हो ।
प्रहरीले फरारकुलदीप पाठकको खोजीका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेकाछन् ।