काठमाडौं । खलंगा- दल्लेख, खार सडकअन्तर्गतको मालबेला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्व भएको छ । त्यस्तै, काटै, मुल्ला, मैखाेली, दल्लेकलगायत नाैगाड गाउँपालिकाका विभिन्न ठाउँका सडक खण्ड अवरुद्ध भएका छन् ।
त्यस्तै उक्त पहिराेले सदरमुकाम खलंगालगायत क्षेत्रकाे खानेपानी अवरुद्ध भएको छ।
त्यसैगरी, महाकाली नगरपालिका-८ स्थित असिगडामा राति खसेकाे पहिराेले अवरूद्व महाकाली राजमार्ग नौ बजेपछि खाेलिएकाे छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनबीच बाटोमै रोकिएका थिए ।