close

​फेवातालको मापदण्ड घटाउने निर्णय बदर गर्न अन्तरिम आदेश

​फेवातालको मापदण्ड घटाउने निर्णय बदर गर्न अन्तरिम आदेश

Trulli
ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरको ​फेवातालको मापदण्ड घटाउने निर्णय बदर भएको छ । 

सर्वोच्च अदालतले पोखरास्थित फेवातालको मापदण्ड नघटाउन आदेश दिएसँगै पोखरा महानगरको फेवाताल मापदण्ड घटाउने निर्णय बदर भएको हो । 

अधिवक्ताहरू खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्रप्रसाद घिमिरेले जेठ ११ गते सर्वोच्च अदालतमा रिट दायर गर्दै फेवाताल लगायत अन्य तालहरुको मापदण्ड घटाउने निर्णय खारेजका लागि उत्प्रेषण र परमादेशको माग गरेका थिए ।

सर्वोच्चका न्यायाधीश इश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलाशले महानगरपालिकाले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

यसअघि मानबहादुर जिसी मेयर भएक बेला महानगरपालिकाको कार्यपालिका बैठकले ६५ मिटर मापदण्ड घटाएर ३० मिटर तोकेको थियो ।