रुपन्देही । रुपन्देहीमा वर्षासँगै परेको चट्याङ्गलागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमासियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरही रहेको जिल्लाप्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।
मंगलबार बिहान खेतमा काम गर्न गएका उनको चट्याङ लागेर मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए ।
उनको शवलाई पोष्टमार्टनका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।