काठमाडौं । झापाका करिब १०० घरमा डुबानमा परेका छन् ।
स्थानीय नदीमा पानीको बहाव बढेसँगै नदी किनारमा रहेका घर डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–६ शिवशताब्दी -६, गौरिगञ्ज गाउँपालिका-१कै विभिन्न घर डुबानमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–६मा २ फिटजति पानी जमेर २५ घर, शिवशताब्दी -६मा मकलढुंगा पानी छिरेर स्वास्थ्य केन्द्रमा दर्जी परिवारका घरमा छिरेको छ ।
त्यसैगरी गौरिगञ्ज महाभारामा रनमाया लिम्बुको घरमा स्थानीय खोलाको पानी छिरेको ४ फिटजति जमेको कार्यालयले जानकारी दिएको छ ।
‘गौरिगञ्ज गाउँपालिका-१ माई खोलाको पानी ओभर फ्लो भएर गाउँ प्रवेश गरेको छ । त्यसैगरी सोही स्थानको देवीगडामा पाँच घर, चपुरबस्तीमा १२ घर ३ फिटजति पानी जमेको छ,’ कार्यालयले जानकारी दियो।
प्रहरी कार्यालय झापाका अनुसार स्थानीय बासिन्दा तथा प्रहरीको सक्रियतामा उद्धार कार्य भइरहेको छ ।
मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ। यी नदीमा बाढी आउँदा भद्रपुर, कचनकवल, झापा, शिवसताक्षी, गौरीगन्ज,गौरादह र दमक नदीमा बाढी आउँदा वर्षेनी यहाँका बस्ती प्रभावित हुने गरेका छन्।