कैलाली । आलिताल गाउँपालिका डडेलधुराका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी आज बिहान कार्यालय जाने क्रममा लुटिएका छन् । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरीमा उनी लुटिएका हुन् ।
कैलालीको महेन्द्रनगरबाट आलिताल गाउँपालिका जान क्रमामा लिफ्ट मागेका ३ जनालाई सहयोग गर्दा आफैँ लुटिएका जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले पालिका खबरलाई बताए । उनका अनुसार उनले महेन्द्रनगरबाटै ३ जनालाई लिफ्ट दिएका थिए ।
कञ्चनपुर बेदकोट नगरपालिका-३ बस्ने ३७ वर्षीय भण्डारीले चलाएको प्रदेश ३-०१-०२३ च ८७२१ नम्बरको कारलाई लुटेराहरूले लुटेर भागेका हुन् ।
लिफ्ट मागेर आएका ३ जनाले गोदावरी-४ दाइमारेमा आइपुगेपछि कुटपिट गरेर गाडी लगेका हुन् । उनीहरूले गोदावरी आइपुगेपछि फोटो खिचौं भनेर गाडी रोकेपछि उनीहरूले भण्डारीक हातमुख बाँधेर ढुंगाले हानेर गाडी लिएर भागेका हुन् ।
घाइते भण्डारीको पद्या अस्पतालमा अत्तरियामा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी जोलीले बताए ।