close

काठमाडौं उपत्यकामा बढे हैजाका बिरामी

काठमाडौं उपत्यकामा बढे हैजाका बिरामी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार हालसम्म १२ जनामा हैजा पुष्टि भएको  छ ।

पछिल्लो समय नैकापका बिरामीको आरडिटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एकजना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । निर्देशक डा. दासका अनुसार बागबजार, डिल्लीबजार,  सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ ।