close

वेल्डिङ इलेक्ट्रिसियन विषयमा राष्ट्रिय सीप प्रतियोगिता सञ्चालन हुने

वेल्डिङ इलेक्ट्रिसियन विषयमा राष्ट्रिय सीप प्रतियोगिता सञ्चालन हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । वेल्डिङ इलेक्ट्रिसियन विषयमा राष्ट्रिय सीप प्रतियोगिता सञ्चालन हुने भएको छ । 

प्रतियोगिता विगतमा विभिन्न निकाय र परियोजनाबाट वेल्डिङ् इलेक्ट्रिसियन विषयमा तालिम लिएका र सीप परीक्षण तह - १ पास भएका महिला तथा पुरुष प्रशिक्षार्थीबीच  हुन लागेको हो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई आकर्षक पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता २०७९ असार १४ गते सञ्चालन हुनेछ ।

सीप सिकाइको सक्षमता, आत्मविश्वास र प्रतिस्पर्धी क्षमताको मापन गर्दै कर्मयोगी, सीपयुक्त र सम्बन्धित क्षेत्रमा इच्छुक युवालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम तालिम ( इभेण्ट प्राेजेक्ट -II ) को आर्थिक सहयोगमा आयोजना गरिएको हो ।

यस राष्ट्रिय सीप प्रतियोगितामा विल्डिङ इलेक्ट्रिसियन विषयमा राष्ट्रिय सीप परीक्षण समितिबाट तह -१ को सीप परीक्षण उत्तीर्ण गरेका ५० वर्ष उमेर ननाघेका महिला एवम् पुरुषहरू सहभागी हुने जानकारी यस कार्यकोलागि जिम्मेवारी प्राप्त संस्था स्किलिङ नेपाल फाउन्डेसनले दिएको छ।