काठमाडौं । आज दुर्घटनामा परी ५ वर्ष र दुई वर्षका बालकले ज्यान गुमाएका छन् ।
कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको हो । पुर्नबास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो ।
युपी ३१ के ८१३० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले रानामगरलाई ठक्कर दिएको हो । रहोनामगरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
पातल खोला तर्ने क्रममा परशुराम–११ स्थित पशुपतिनाथ प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत पाँच वर्षीय नीराजन बोहराको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए । उनी विद्यालयबाट घर फर्किंदै थिए ।