close

बाढीका कारण विस्थापित  दमकका करिब ६० जना रेडक्रसको भवनमा

बाढीका कारण विस्थापित  दमकका करिब ६० जना रेडक्रसको भवनमा

Trulli
ADVERTISEMENT

काठमाडौं । झापाको दमकमा  लगातार परेको पानीका कारण आएको वर्षाका कारण रतुवा खोलामा आएको बाढीका कारण ११ घरपरिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  केही दिनयता रतुवा खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि दमक–७ रेडक्रस भवन नजिकैको बस्तीका १३ घरपरिवार विस्थापित भएका हुन् ।

विस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, विमल किस्कु, राजेश किस्कु, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दीपक गुरुङ छन् । 

बाढका कारण ११ घरपरिवारका करिब ६० जना विस्थापितलाई रेडक्रससँग समन्वय गरेर आश्रय दिलाएको  बाढी प्रभावित ७ नम्बरका वडाध्यक्ष भीम पौडेलले पालिका खबरलाई जानकारी दिए । 

उनले भने, ‘खाना र बासका लागि तत्काल पीडित आफैँले व्यवस्था गरिरहनुभएकाे छ । तर, भोलिदेखि उहाँहरू सबैले आफ्नो व्यवस्था गर्न नसक्ने सम्भावना छ । बाढी प्रभावित क्षेत्रमा रहनुपर्ने भएकाले त्यसबारे केही गर्न पाएको छैन । मिटिङ बसेर हामी उहाँहरुलाई व्यवस्था मिलाउने काम हामी गर्छौँ ।’