close

सागममा पहिरोले एक घर पुरियो

सागममा पहिरोले एक घर पुरियो

Trulli
ADVERTISEMENT

सङ्खुवासभा । खाँदबारी नगरपालिका–६ सागममा पहिरोले एक घर पुरिएको छ । लगातार वर्षासँगै आएको पहिरोले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिए । 

गएराति साढे ८ बजे घर माथिबाट आएको पहिरोले राईको घर पुरिएको हो । मानवीय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताए । राईको परिवारले भागेर ज्यान जोगाएका छ । पहिरोबाट राईको परिवार विस्थापित भएको छ । राईको परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ । पहिरोबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताए । 

पहिरोले बर्खे कल्छे, माल्टा, पाङ्ठालगायतका स्थानमा लगाइएको बर्खे धानबालीसमेत पुरिएको छ । पहिरोले खाँदबारी –६ कल्छेबेँशीका रवीन राईको १५ रोपनी खेत र छ माछा पोखरी पुरिएको छ । पहिरोले देवेन्द्र घिमिरेको १५ रोपनी र प्रकाश पोख्रेलको १५ रोपनी धान खेत पुरिएको छ । त्यस्तै चन्द्रकुमार मगरको दुई रोपनी धान खेत र माछा पोखरी तथा सचिन राई र पदम मगरको तीन रोपनी खेत पुरिएको छ । 

पहिरोले लाखौं रुपैयाँ बराबरको क्षति भएका वडाध्यक्ष तामाङले बताए । क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।