close

जिसस सप्तरीको निर्वाचन असार १२ गते

जिसस सप्तरीको निर्वाचन असार १२ गते

Trulli
ADVERTISEMENT

सप्तरी । जिल्ला समन्वय समिति(जिसस)को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिसस निर्वाचनका लागि कार्यतालिका आईतबार सार्वजनिक गरेको हो ।

असार ७ गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दर्खास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यकालिका छ । 

असार ८ गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले  जानकारी दिए । 

असार ९ गते उम्मेदवारको मनोनयपत्र दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने कार्य रहेको सूचनामा उल्लेख छ । 

असार १० गते उम्मेदवारको मनोनयपत्र दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र असार ११ गते निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ । असार १२ गते मतदानको कार्यतालिका रहेको छ । 

१८ स्थानीय तह रहेको सप्तरीमा जिल्ला समन्वय समितिका कुल ३६ मतदाता रहेका छन् ।