close

जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

Trulli
ADVERTISEMENT

ओखलढुङ्गा । जंगली च्याउ खाँदा चम्पादेवीमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । 

चम्पादेवी–७ फूलबारीका राजन विष्ट, २७ वर्षीय राजनका श्रीमती २४ वर्षीया ढककुमारी लामिछाने र ९३ वर्षीया हजुरआमा मनमाया विष्टको मृत्यु भएको चम्पादेवी गाउँपालिका-७ का वडाध्यक्ष सुरेशकुमार थापाले पालिकाखबरलाई जानकारी दिए ।  

घरमा रहेकी छोरीले भने तरकारले खाइनन् भने जंगली च्याउ खाने ३ जनाको मृत्यु भएको हो । मिसन अस्पताल ओखलढुङ्गामा उपचारको क्रममा ढककुमारीको मृत्यु भएको थियो । 

सोहीदिन मनमायाको मृत्यु उपचारको क्रममा शिक्षण अस्पताल काठमाडौं र बिहीबारको दिन राजनको पनि उपचारकै क्रममा मृत्यु भएको हो । बिरामी भएकी ३ वर्षीया करिष्माको स्वासथ्यमा भने सुधार आएको छ ।

वडाध्यक्ष थापाका अनुसार परिवारले तीन दिनसम्म घटना कसैलाई नभनेकाले ढिलो गरी थाहा भएको हो ।