close

काठमाडौंको कल सेन्टर चलाएर अमेरिकामा ठगी गर्ने १३ जना पक्राउ​​​​

काठमाडौंको कल सेन्टर चलाएर अमेरिकामा ठगी गर्ने १३ जना पक्राउ​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा कल सेन्टर चलाएर सो आवरणमा ठगीधन्दा चलाउने पक्राउ परेका छन् । 

धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ले अनलाईन मार्फत अमेरिकामा ठगी गरेको आरोपमा संलग्न १३ जनालाई पक्राउ गरिएको गरेको हो । 

पक्राउ पर्नेमा ‘अर्बिट नेक्सस प्रालि’का संचालक बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय बिजय श्रेष्ठ र उनका मुख्य सहयोगी दुईजना भारतीय नागरिक छन् ।

कल सेन्टरको सुपरभाइजर भारत घर भएका ३२ वर्षीय निशान्त गैरे र  कल सेन्टरमा काम गर्नेहरुलाई मनिटरिङ गर्ने भारतिय नागरिक २४ वर्षका मनीष तिवारी छन् ।

यस्तै, धुम्बाराहीस्थित कल सेन्टरमा काम गर्ने १० जना कामदार छन् । २२ वर्षका अमिन खड्का, २२ वर्षीय करण गुरुङ, अनोज लामा, २० वर्षीया आरुषी राई, २१ वर्षीया युबिना तामाङ, २३ वर्षीया आरस तुलाधार, २६ वर्षीया सपना मग्राती, २९ वर्षीया टिका राउत, २४ वर्षीया सुनिता राउत र १९ वर्षीय सागर श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोका एसएसपी अर्यालले बताए ।