close

नक्कली नागरिकता बनाइ जग्गा कीर्ते गरेको अभियोगमा एक  गिरोह पक्राउ

नक्कली नागरिकता बनाइ जग्गा कीर्ते गरेको अभियोगमा एक  गिरोह पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । नक्कली नागरिकता बनाइ जग्गा कीर्ते गरेको अभियोगमा एक  गिरोह पक्राउ परेको छ । 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जग्गा कीर्ते गरेको अभियोगमा दार्चुलाका महावीर चन्दसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको उकु गाउँपालिकाका ५२ वर्षका महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्ची ४ का ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका १ का ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिकाका १ का ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर नगरपालिका २ की डासीमाया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

सो कार्यमा संलग्न अन्य ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

घटनाक्रम अनुसार शान्तादेवी लोहनी सपरिवार विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आएकी थिइन् ।  बेला बखतमा मात्र नेपाल आउने क्रममा  २०६१ सालमा  कीर्तिपुर उनले जग्गा खरिद गरेर जापान गएकी थिइन् । पछि १९ मे २०२२ मा नेपाल आई  मालपोत कार्यालय कलंकीमा सक्कल पुर्जा देखाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा उनको जग्गा अर्कैको नाममा पुगेको खुलासा भएको थियो ।

पक्राउ परेकामध्ये खनाल र कार्की मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ ।