close

भुटानी शरणार्थी नेता डाक्टर भम्पा राईको निधन

भुटानी शरणार्थी नेता डाक्टर भम्पा राईको निधन

Trulli
ADVERTISEMENT

झापा । भुटानी शरणार्थीको स्वदेशी फिर्ती अभियानका नेता ७५ वर्षीय डाक्टर भम्पा राईको निधन भएको छ ।

विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा राईको आज बिहान निधन भएको हो । 

भुटानी राजाका निजी डाक्टरसमेत रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषी लखेटिँदा स्वेच्छाले नेपाल आएका थिए । 

१ लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी आप्रवासनमा पश्चिमा देश गए पनि डाक्टर राई भने अझै घर फिर्ती अभियानको अडानमै थिए । 

बङ्गलादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका डाक्टर राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्न हुनुहुन्थ्यो ।