गोरखा । शहीद लखन–७ बुंकोटमा ग्याँस सिलिन्डर लिक भएर आगलागी हुँदा ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको छ ।
वस्तीको शव पूर्णरूपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । आगलागीबाट वस्तीको १ तले घर पनि जलेको छ ।
शुक्रबार राति घटना भए पनि स्थानीयले भने शनिबार बिहान मात्र जानकारी पाएका थिए ।