close

त्रिवि शिक्षण अस्पतालले दिँदै आएको स्वास्थ्य बिमा कार्यक्रम स्थगित

त्रिवि शिक्षण अस्पतालले दिँदै आएको स्वास्थ्य बिमा कार्यक्रम स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्तालले सो जानकारी गराएको हो । 

‘२०७७ साल मंसिर महिनादेखि यस अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितहरुको उपचार सेवा प्रदान गरेबापत नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले यस अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकाले मिति २०७९ आषढ १५ गते देखि अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि यस अस्पतालबाट सञ्चालित बिमा कार्यक्रम स्थगित गरिएको व्योहोरा सबैमा जानकारी गराइन्छ,’ सो विज्ञप्तिमा उल्लेख छ ।