close

डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध

डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध

Trulli
ADVERTISEMENT

रुपन्देही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवलको तुरिया खोलामानिर्माण गरिएको डाइभर्सन बाढीले बगाएको छ । 

बिहिबारराति परेको वर्षाका कारण डाइभर्सनमा पूर्णरुपमा क्षति पुगेको हो । बाढीले डाइभर्सनमा क्षति पुगेपछि राजमार्गसमेत अबरुद्ध भएको छ।

गतभदौ ११ गते भिषण वर्षाका कारण सुनवलको तुरिया खोलापुल भत्किएपछि अस्थायी रुपमा सवारी साधन सञ्चालनका लागि बेलिबृज बनाइएको थियो । बेलिबृजमा समेत पटक-पटक क्षति पुगेपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो।