तनहुँ । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको छ । भानु नगरपालिका–२ मोहरिया गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुमा मामा र फुपूको छोरा रहेका छन्। मिलेर माछा गएका उनीहरु पौडी खेल्दा डुबेर मृत्यु भएको स्थानीय राजेश कार्कीले जानकारी दिए।
भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।