close

आजको दुर्घटनाको अपडेट, विभिन्न स्थानमा ६ जनाको मृत्यु

आजको दुर्घटनाको अपडेट, विभिन्न स्थानमा ६ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

पछिल्लो २४ घण्टाभित्र बाँके, बर्दिया, सुनसरी,  मकवानपुर र सुर्खेतमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 

बाँकेको कोहलपुर नगरपालिका-२ मनकामना चोकमा भे.१० प २७११ नम्बरको मोटरसाइकल र लु.८४ प १६१७ नम्बरको मोटरसाइकल ठोक्किँदा बर्दिया सानोश्री बस्ने ४१ वर्षीय सूर्य प्रकाश वलीको मृत्यु भएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा एनएल ०१ एल २९७१ नम्बरको ग्यास वुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वर कुमार तामाङ र अमिना तामाङ छन् ।

बर्दियाको बासगढी नगरपालिका–८ स्थित चोकमा बाग्मती प्रदेश ०३–०१–००६ ख ३६११ नम्बरको ट्रकले बा.२६ प ६५३१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २५ वर्षीय जय कुमार थारु रहेका छन् । दु

सुनसरीको कोशी गाउँपालिका–५ स्थित सडकमा को.२ च ३९९२ नम्बरको स्कारपियो गाडीको ठक्करबाट आइतबार विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही गाउँपालिका-७ बस्ने १८ वर्षीय श्रबन कुमार मेहता रहेका छन् । 

सुर्खेतको पञ्चपुरी नगरपालिका-३ तोक्मा खोलामा भे.१ त ९२६२ नम्बरको ट्रयाक्टरको ठक्करबाट आइतबार बिहान पञ्चपुरी नगरपालिका–२ बस्ने उदय तिरुवाको छोरा १३ वर्षीय तुलाराम बिकको मृत्यु भएको छ ।