काठमाडौं । काठमाडौंमा मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ । राति २:२६ मा धक्का महसुस गरिएको हो।
भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । केन्द्रले ४.७ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ।
धक्का काठमाडौं उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।