close

पहिरो खस्दा दुई मजदुरको मृत्यु

पहिरो खस्दा दुई मजदुरको मृत्यु

Trulli
ADVERTISEMENT

सङ्खुवासभा । चैनपुर नगरपालिका-१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । चैनपुर नगरपालिका–१ नुनढाकी सडक खण्ड निर्माणका क्रममा पहिरो खस्दा त्यहाँ काम गरिरहेका मजदुर धरानका ३५ वर्षका रामकुमार राई र उदयपुरका हेमबहादुर मगरको ज्यान गएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । 

आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।