close

एमालेमा गए रंगेलीका नगरप्रमुख र उपप्रमुख

एमालेमा गए रंगेलीका नगरप्रमुख र उपप्रमुख

Trulli
ADVERTISEMENT

मोरङ– माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका नगरप्रमुख र उपप्रमुख नेकपा एमाले प्रवेश गरेका छन् । नगरप्रमुख दिलीपकुमार अग्रवाल र उपप्रमुख केशवकुमारी खराललाई एमाले अध्यक्ष केपी ओलीले बुधबार रंगेलीमा पार्टी प्रवेश गराएका हुन् । 

 

एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार नगरप्रमुख, उपप्रमुखसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । 

 

एमाले प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का अध्यक्ष महेशकुमार खनाल रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।