close

पाँचखालले बनायो दनुवार संग्रहालय भवन

पाँचखालले बनायो दनुवार संग्रहालय भवन

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको पाँचखालमा दनुवार (डोने) समुदायको राष्ट्रिय संग्रहालय भवन निर्माण गरिएको छ । ४ नम्बर वडामा निर्मित दुई तले उक्त भवन सीमान्तकृत वर्गको पहिचान बोकेको डोने समुदायको केन्द्रीय कार्यालयको रूपमा रहनेछ ।

 

भवन निर्माणका लागि पाँचखाल नगरपालिकाले ५५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । भवनका लागि वडाध्यक्ष सुन्दर तामाङले जमिन उपलब्ध गराएका थिए । 

 

नगरप्रमुख महेश खरेलले डोने समुदायको हित, संस्कृति जगेर्ना तथा भाषाको संरक्षणका लागि नगरले भवन निर्माणार्थ सहयोग गरेको बताए । ‘संग्रहालय बनाउन थप सहयोग गर्नेछौँ,’ उनले भने ।

 

नगरले डाने र तामाङ भाषा संरक्षणका लागि सोही भाषामा पाठ्यपुस्तक तयार गरी अध्यापन गराउन बजेटसमेत छुट्याइएको उपप्रमुख लक्ष्मी दनुवारले बताइन् । उनका अनुसार मुलुकभरका डोने समुदायको पहिचान र संस्कृति जगेर्नाका लागि पाँचखाल नगरले निरन्तर सहयोग गर्नेछ ।