close

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

Trulli
ADVERTISEMENT

भक्तपुर–जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी रोकथामका लागि बुधबार बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश जारी गरेकी हुन् । 

 

आदेश नमान्ने र त्यसको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिनेछ । माघ मसान्तसम्म सभा, भेलाजस्ता भीडभाड हुने कार्यक्रम नगर्न, मठमन्दिर तथा धार्मिक स्थलमा नित्य पूजा मात्रै सञ्चालन गर्न, १५ माघसम्म शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन गर्न नपाइने, पठनपाठन भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाएर गर्नेलगायत बुँदा सो आदेशमा समाहित गरिएको छ । 

 

यस्तै, ७ माघदेखि जिल्लाका सबै सार्वजनिक निकायमा सेवा लिन खोपको पूर्ण मात्रा लगाएको कार्ड देखाउनुपर्ने, सपिङ मललगायतमा भौतिक दूरी कायम गरी एक पटकमा २५ बढी प्रवेश गर्न नपाइने, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसललगायत १५ माघसम्म बन्द गर्नुपर्ने आदेश जारी गरिएको छ ।