उदयपुर– ३०औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बिहीबारबाट सुरु हुँदै छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मको दिनलाई महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका रूपमा मनाउन थालिएको हो ।
उदयपुरमा पनि यो अभियानलाई १६ दिनसम्म मनाउने गरिएको छ । महिलामाथि हुने हिंसा मानव अधिकार हननको सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोहीअनुरूप काम गर्न संयुक्त राष्ट्रसंघले सम्बन्धित मुलुकलाई आह्वान गर्ने उद्देश्यले यो अभियानअन्तर्गत १६ दिनसम्म समुदायदेखि सबै तहसम्म विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
यो वर्ष पनि महिला हिंसा अन्त्यका लागि भइरहेका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै समुदायदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रम आयोजना भइरहेको जिल्ला समन्वय समिति उदपुरका उपप्रमुख गंगा राईले बताइन् । ‘घरैदेखि सुरु गरौँ, महिलाविरुद्धको हिंसा अन्त्य गरौं’ नारासहित पीपल चोकबाट ¥याली, प्लेकार्डसहित नगर परिक्रममा गर्दै लैंगिक हिंसाविरुद्धको पहिलो दिन सुरु गर्ने कार्यक्रम रहेको १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानका मूल आयोजक समिति संयोजकसमेत रहेकी राईले जानकारी दिइन् ।