close

सरसफाइका लागि मेयरले कुनै चासो नदेखाएको भन्‍दै जनकपुरका वडाध्यक्षहरु आन्दोलित

सरसफाइका लागि मेयरले कुनै चासो नदेखाएको भन्‍दै जनकपुरका वडाध्यक्षहरु आन्दोलित

Trulli
ADVERTISEMENT

जनकपुरधाम– जनकपुरधाम उप-महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका छन्। पटकपटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्‍दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

उप महानगरपालिकाको मूल गेट तथा मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरी वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहसहितकाले तालाबन्दी गरी धर्ना दिएका हुन् ।

 

‘नगरमा थुप्रिदैं गएको फोहोरले दुर्गन्ध बढ्दै गएको छ ।’ वडा नम्बर ७ का अध्यक्ष साहले भने, ‘हामीले पटक(पटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेका कारण तालाबन्दी गरेर धर्नामा बसेका हौं ।’

 

उनका अनुसार १२ बजेसम्म नगरपालिकाको मूलगेटमा तालाबन्दी गरी धर्ना दिने र मेयरको कार्यकक्षमा ताला यथावत रहनेछ । यसपछि आन्दोलनको अर्को कार्यक्रम सोमबारै साँझ बसेर तय गरिने उनले बताए ।

 

सरसफाई सम्बन्धी कुरा गर्न नगरपालिका जाँदा वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई सरसफाई कर्मचारीले दुर्व्यवहार समेत गरेको साहको भनाई छ । ‘सरसफाई कर्मचारीले वडाअध्यक्षसँग दुर्व्यवहार गरेको भिडियो हामीसँग छ’ उनले भने, ‘सरसफाई नगर्ने र उल्टै हामीसँग दुर्व्यवहार गर्नु कहाँको न्याय हो ?’ वडाअध्यक्षहरुले यसअघि पनि फोहोर नउठाएको भन्दै मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका थिए ।