close

घोराहीको न्यायिक समिति : ४ महिनामा ५७ मुद्दा दर्ता

घोराहीको न्यायिक समिति : ४ महिनामा ५७ मुद्दा दर्ता

Trulli
ADVERTISEMENT

दाङ– घोराही उपमहानगरको न्यायिक समितिले प्रथम चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । घोराही उपमहानगरको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७८\७९ को पहिलो चौमासिकमा ५७ वटा मुद्दा दर्ता भएका छन् । न्यायिक समितिले पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो ।

 

न्यायिक समिति संयोजक तथा घोराही उपमहानगर उपप्रमुख सीता सिग्देल न्यौपानेले चालू आर्थिक वर्षको ४ महिने अवधिमा ५७ वटा मुद्दा दर्ता भएको जानकारी दिइन् ।

 

न्यायिक समिति गठन भएको ४ वर्षमा ८ सय २० मुद्दा दर्ता भएकामा ६ सय ८१ टुंगोमा पुगेको न्यायिक समिति संयोजक न्यौपानेले बताइन् । आर्थिक वर्ष २०७८\७९ मा ५७ वटा नयाँ मुद्दा दर्ता भएका छन् । तीमध्ये ११ वटा फस्र्योट भएका छन् भने ४६ वटा प्रक्रियामा छन् ।

 

छिटो–छरितो दुवैको जित हुने किसिमले मुद्दाको किनारा लाग्ने भएकाले न्यायिक समितिमा मुद्दा धेरै आउने गरेको न्यौपानेको भनाइ छ । जग्गा रोक्का, खाता रोक्कासम्बन्धी मुद्दा धेरै आउने गरेका छन् । २३ वटा जग्गा तथा खाता रोक्का मुद्दामध्ये ५ वटा विवादको टुंगो लागेको छ भने १८ वटा बाँकी रहेको उनले बताइएन् । 

 

पहिलो चौमासिकमा लेनदेनका ७ वटा मुद्दा दर्ता भएका छन् । कुलो, नालापानी ३ वटा, घरेलु हिंसाका ६ मध्ये २ वटा किनारा लागेको छन् भने ४ वटा प्रक्रियामा छन् ।

 

जग्गा रोक्का, खाता रोक्का २३ मध्ये ५ वटा फस्र्योट भएका छन् भने १८ प्रक्रियामा रहेका छन् । यस्तै, लेनदेनका ६ वटा सबै प्रक्रियामा छन् । अन्य ११ मुद्दा दर्ता भएकामा तीमध्ये २ वटाको फस्र्योट भएका छन् भने ८ वटा बाँकी रहेको न्यायिक समिति संयोजक न्यौपानेले बताइन् ।