close

दाङ र सप्तरीमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते 

दाङ र सप्तरीमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते 

Trulli
ADVERTISEMENT

दाङ–दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना३ख ५५१८ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा ३ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको
छ । माडी गाउँपालिका वडा नम्बर २ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

 

मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा परेर घाइते भएका ६ जनाको घर्तीगाउँमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बस शहिद मार्गदेखि १०० मिटर तल माडी खोलामा खसेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सप्तरीमा बसले हायसलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ६ घाइते

 

सप्तरीमा बसले यात्रुवाहक हायसलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । 

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ बेरियर चोकमा पश्चिमतर्फ आउँदै गरेको ना५ख ४६९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा४ख ५०७९ नम्बरको हायसलाई बिहीबार अपराहन्न ४ बजे ठक्कर दिएको हो ।

 

बसको ठक्करबाट हायसमा सवार काठमाडौं महानगरका ३८ वर्षीय गृष्मान सिंह र मोरङ विराटनगर महानगरपालिका वडा नम्बरका ४१ वर्षका चूडाबहादुर बस्नेतको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता एव डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

 

उनका अनुसार सिंहको घटनस्थलमै र बस्नेतको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अन्य ६ जना घाइते भएका छन् । तीमध्ये १ जनाको अवस्था गम्भीर र अन्य ५ जनाको अवस्था समान्य रहेको डिएसपी काफ्लेले बताए ।

 

गम्भीर घाइतेको विराटनगर र सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।