close

हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्च

हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्च

Trulli
ADVERTISEMENT

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई रु ५० हजार किरिया खर्च उपलब्ध गराएको छ ।

 

नगरपालिकाको वडा नं १२ मा हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगर प्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले आज घरमै पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गरेका हुन् । गत बुधबार हात्तीले घरआँगनमै आक्रमण गरी कार्की दम्पतीको ज्यान लिएको थियो । शुक्रबार नगर विपद् समितिको बैठकले पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । 

 

यस्तै नगरपाकिाले वडा नं १ स्थित स्याली नदीमा बगेर मृत्यु भएका कृष्णदत्त भट्टको परिवारलाई  २५ हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराएको छ ।