close

भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुलाइँदै

भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुलाइँदै

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको रानीपोखरीको उत्तरपूर्व प्रवेशद्वार र पाटीको शिलान्यास भएको छ । उपभोक्ता समितिमार्फत पुनर्निर्माण हुँदै आएको रानीपोखरीमा नगरप्रमुख सुनील प्रजापतिले पाटी र प्रवेशद्वारको शिलान्यास गरेका हुन् । 

 

सन् १६८६ मा राजा जगज्योर्ति मल्लको पालामा बनेको उक्त पोखरी लामो समयदेखि संरक्षणका लागि नेपाली सेनाले अधिग्रहण गर्दै आएको थियो । सेनासँग छलफल गरी भक्तपुर नगरपालिकाले सर्वसाधारणका लागि खुलाउनुका साथै पोखरीको पुनर्निर्माणसमेत गर्दै आएको छ ।

 

हाल पोखरीको ८० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको पालिकाले जनाएको छ । पोखरी पुनर्निर्माणसँगै भक्तपुरको थप सौन्दर्य बढेको विश्वास नगरप्रमुख प्रजापतिको छ । रानीपोखरीको पुनर्निर्माण भएसँगै स्थानीयलाई आम्दानीको स्रोत बनाउन सकिने उनले बताए ।


    
मौलिक शैलीमा रानीपोखरीको पुनर्निर्माण गर्दै आएको पालिकाले पोखरीमा चुन, सुकी, इँटा प्रयोाग गरी उत्खनन गर्दै आएको छ । पोखरी वरिपरि हरियाली बनाउन बगैँचा बनाउने योजनामा रहेको वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए ।

 

पोखरीको पुनर्निर्माण सम्पन्न भइसकेपछि सर्वसाधारणका लागि खुला गरिने उनले जानकारी दिए । इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदा मौलिक स्वरूपमा पुनर्निर्माण गर्ने कार्यमा भक्तपुरले अग्रणी भूमिका निर्वाह गरेको बताउँदै रानीपोखरीको पुनर्निर्माण हुन सकारात्मक रहेको सुनाए । पालिकाले भूकम्पबाट भत्केका १०८ बढी सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार गरिसकेको छ ।