close

दसैँमा तलेजुभित्र सामान्य पूजाआजा गर्न भक्तपुर नगरको आग्रह

दसैँमा तलेजुभित्र सामान्य पूजाआजा गर्न भक्तपुर नगरको आग्रह

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले यस वर्षको दसैँमा दरबार क्षेत्रस्थित तलेजु मन्दिरमा सामान्य पूजाआजा गर्न नगरबासीलाई आग्रह गरेको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या घटे पनि सन्त्रास अझै कायमै रहेकाले तलेजु मन्दिरमा सामान्य पूजाआजा गर्न अनुरोध गरेको हो । 

 

नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, भक्तपुरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजका पुजारीको बैठकले तलेजु मन्दिरमा सामान्य रूपमा पूजाआजा गर्न सुझाएको हो ।

 

बैठकमा नगरप्रमुख प्रजापतिले कोभिड महामारीमा दसैँमा शान्ति–सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँदै पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन नागरिकलाई आह्वान गरिएको बताए ।
    
बैठकले कोभिड संक्रमण घट्दै गए पनि जोखिम भने अझै कायम रहेको अहिलेको अवस्थालाई दृष्टिगत तलेजुभित्र हुने सबै पूजामा बलि नदिई पुजारीबाट नित्य पूजा मात्र गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।


    
घटस्थापनादेखि विजयादशमीको दिनसम्म नगरका विभिन्न शक्तिपीठलगायत धार्मिक स्थलमा हुने मेला, पूजा र नवरात्रिमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी कोभिड संक्रमणबाट बच्न नगरबासीलाई आह्वान गरेको पालिकाले जनाएको छ ।