काठमाडौं– काठमाडौंं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले सामाजिक सद्भावको केन्द्र नै सांस्कृतिक संरचना भएकाले यसमा लगानी गर्न महानगर अग्रसर रहेको बताएकी छिन् । काठमाडौं महानगरपालिका–१२ मा फल्चा (पाटी)को शिलान्यास गर्दै उपप्रमुख खड्गीले काठमाडौं पहिचान जोगाउन आफु अनवरत लडेको बताउँदै पहिचानको संरक्षण भनेकै सम्पदा संरक्षण भएकाले यसप्रति आफ्नो गम्भिर ध्यान जाने बताइन् ।
‘सम्पदा संरक्षणका योजना लिएर आउनुस् हामी तत्कालै लगानी गर्छाैं’ उपप्रमुख खड्गीले भनिन् । तीजका अवसरमा शिलान्यास भएको बन्दे फल्चा २ महिनाभित्र सकिने पनि उपप्रमुख खड्गीले बताईन् ।
शिलान्यास कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, वडाध्यक्ष विकास डंगोलले फल्चा निर्माण हुने ठाउँको भूमिपुजन गरेका थिए । १८ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने फल्चा हेर्दा सानो योजना जस्तो देखिएपनि सांस्कृतिक कोणबाट ठूलो महत्व रहेको छ । वडाध्यक्ष विकास डंगोलले, फल्चा पुननिर्माण भइसकेपछि पाका मानिसहरुको वन्देमा चहलपहल बढ्ने अपेक्षा गरे ।